निजगढ । बारा निजगढ नगरपालिका वडा नम्बर १३ मा भएको फ्याफुल्ला खुल्ला नकआउट फुटबल प्रतियोगितामा योङ्ग स्टार फुटबल क्लब निजगढ १० लाल बिजयी भएकाछन ।
प्रतियोगिताको उदघाटन खेलमा योङ्ग स्टार लालले वनस्थली फुटबल क्लब सिङ्गौललाई पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा गरेको छ ।
बुधवार दिउसो सम्पन्न उदघाटन खेलमा योङ्ग स्टार लालले वनस्थली सिङ्गौललाई निर्धरीत समयको दोस्रो हाफको ३७ औं मिनेटमा जर्सी नम्बर ७ का सुरेश लामाको प्रहर गोलमा परिनत भएको थियो ।
टोलिलाई पहिलो गोल गर्दै अग्रता दिलाएका लामाले खेलको अन्तिम समयमा पुनः गोल गर्दै टोलिलाई दोब्बरले जित दिलाएका थिए ।
खेलको म्यान अफ द म्याच वनस्थली फुटबल क्लबका जर्सी नम्बर ३ पासाङ्ग लामा घोषित भए । योङ्ग स्टार लाल वनस्थली सिङ्गौललाई २–० ले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा विहिवार पहिलो खेल नयाँ वस्ती जितपुरसिमरा २२ र पानी ट्याङ्की रतनपुर निजगढ ११ बीच प्रतिस्पर्धा हुनेछ । भने दोस्रो खेलमा सिद्ध बाबा जितपुरसिमरा २१ र सी.वाई.सी.चिसापानी निजगढ १० विच प्रतिस्पर्धा हुने छन ।
निजगढ नगरपालिका वडा नम्बर १० फ्यफुल्ला फुटबल क्लबस्थित खेलमा जारी प्रतियोगितामा निजगढ नगरपालि र छिमेकी जिल्लागरी २० वटा फुटबल टिमबीच प्रतिस्पर्धा हुनेछ ।
फ्याफुल्ला फुटबल क्लबको आयोजनामा संचालित प्रतियोगिताको बिजेताले ५० हजार रुपैयाँ सहित मेटल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले २५ हजार रुपैयाँ सहित मेटल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको उदघाटन निजगढका मेयर सुरथ पुरीले गरेका थिए । फ्याफुल्ला फुटबल क्लबका अध्यक्ष कमान सिं थिङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि निजगढ नगरपालिकाको मेयर सुरथ पुरीले व्यानर खोलेर उदघाटन गरेका थिए ।
त्यस्तै अतिथिहरुमा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ्ग, निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान, नेपाली काँग्रेस भातृ संगठन तरुण दलका केद्रीय सदस्य विष्णु खड्का नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश कमिटी सदस्य रविराज दंगाल, सामुदायिक वन महासंघका निजगढ नगर अध्यक्ष एवम पुर्व निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुशबहादुर थापा, तामाङ घेदुङ्ग पुर्व नगर अध्यक्ष सिद्धर्थ लोप्चनलगायतका स्थानीय समाजसेवीहरुको सहभागीता रहेका थिए ।
त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य नेकपा एमले निजगढ नगर सचीव तिलक घलानले गरेका थिए भने कार्यक्रम संचालन सोही क्लबका सचीव जीवन पाख्रीनले गरेका थिए ।