Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित

निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित

कृष्णप्रसाद घिमिरे

२०, आश्विन २०८०
निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित
images

ललितपुर । निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित भएका छन् । संघको १४ औं साधारणसभा तथा सातौ अधिवेशन ललितपुरको ललितपुर पार्टी प्यालेशमा शुक्रबार र शनिबार भएको निर्वाचनमा महर्जनसहित १९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएका हुन् ।

387323013_1006795713987516_838886231710419586_n.jpg

संघको वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्ष अमर शाक्य, द्वितीय उपाध्यक्ष मोहन कृष्ण बस्नेत, सचिव दिनेश श्रेष्ठ, सहसचिव हरिघर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सह–कोषाध्यक्षमा श्याम कुमार गिरी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै कार्य समिति जनजाति सदस्यमा कृष्ण कुमार महर्जन, महिला सदस्यमा मिना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुल्ला सदस्यहरुमा पुस्कर श्रेष्ठ, विश्वास कार्की, जितेन्द्र देशार, राजु महर्जन, जगत बहादुर लो, श्याम ज्योती बोहोरा, दोलराज अधिकारी, कविन्द्र कुमार लामा निर्विरोध निर्वाचित भएका हुन् ।

संघको निर्वाचन अधिकृत विदुर बहादुर घिमिरेका अनुसार पदाधिकारीमा ८ र सदस्यमा ११ जना गरी १९ जनाको मात्रै उम्मेदवारी परेको थियो । १९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि अरु कसैको पनि दाबी विरोध नपरेको हुँदा उनीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

images
प्रकाशित मिति :आश्विन २०, २०८० शनिवार - १७:१७:३८ बजे

 

कृष्णप्रसाद घिमिरे

घिमिरेले ललितपुर जिल्लाको दक्षिण ललितपुर भेगको स्थानीय सरोकारको विषयमा रिपोटिङ गर्नुहुन्छ ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology