Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देशमा अस्थिरता र अराजकता बढेको छ – अध्यक्ष कमल थापा

देशमा अस्थिरता र अराजकता बढेको छ – अध्यक्ष कमल थापा

दैनिकी न्यूज

२८, आश्विन २०८०
देशमा अस्थिरता र अराजकता बढेको छ – अध्यक्ष कमल थापा
images

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले देशभित्र अराजकता र अस्थिरता बढेको बताएका छन् ।

शुक्रबार राप्रपा नेपाल ललितपुरद्वारा ललितपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, “नेपालको हिन्दु राष्ट्रको पहिचान समाप्त गरेर के देशमा धार्मिक, सामाजिक सद्भाव र एकता वलियो भएको छ ? सनातन धर्म बलियो भएको छ । सङ्घीयता लादेपछि के देशको कायापलट भएको छ ? जनताले विकास पाएका छन् ? अहिले देशमा अस्थिरता बढेको छ । देशभित्र सामान्य जागीर पाउन नसकेको कारणले गर्दा नेपालका ४० लाख भन्दा बढि युवाहरू विदेश पलायन हुन बाध्य भएका छन् ।”

अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा नेपालको सनातन धर्म संस्कृतिमाथि आक्रमण भइरहेको आरोप लगाए । विदेशीको इसारामा नेपालका प्रमुख राजनीतिक दलहरुले हिन्दु राष्ट्रको पहिचान समाप्त पारेको आरोप लगाउँदै उनले सुरुसुरुमा जनताले धर्म निरपेक्षता भनेको के हो भन्ने नबुझ्दै हिन्दु धर्मको अस्थित्व मासेर धर्म निरपेक्षता लादेको आक्रोश व्यक्त गरे । नेताहरूले सनातन धर्म अर्थात् हिन्दु, बौद्ध, किराँत धर्मलाई बिस्तापित गरेर विदेशी धर्म कायम गर्नको निमित्त गरिएको षड्यन्त्र धर्म निरपेक्षता भएको आरोप लगाउँदै थापाले यसको आडमा अहिले अनेकौ प्रलोभन दिएर संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनले सनातन धर्म, संस्कृतिको अस्तित्वलाई नै संकटमा पारेको वताए ।

उनले अहिले सिङ्गै गाउँलाई धर्म परिवर्तन गराइने काम भएको बताउँदै धर्म परिवर्तनले गर्दा सदियौंदेखि कायम रहँदै आएको धार्मिक, सांस्कृतिक सहिष्णुता खल्बलिएर द्वन्द्व बढ्न सक्ने खतरा रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष तारा लुइटेल, महामन्त्री भाष्कर भद्रा, केन्द्रीय सदस्यहरूलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - ०७:०३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology