Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ट्राईब्रेकरमा तपोभुमिलाई पराजित गर्दै न्यू जनजागृती फाइनलमा

ट्राईब्रेकरमा तपोभुमिलाई पराजित गर्दै न्यू जनजागृती फाइनलमा

उमेश घलान

१, कार्तिक २०८०
ट्राईब्रेकरमा तपोभुमिलाई पराजित गर्दै न्यू जनजागृती फाइनलमा
images

बारा । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ मा संचालन भइरहेको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा न्यू जनजागृती फुटबल क्लब निजगढ–५ विजयी भएको छ ।

खुल्ला पुरुष फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिता अर्न्तगत मंगलबार भएको खेलमा न्यू जनजागृती फुटबल क्लबले तपोभुमिसंग टाइब्रेकरमा ५– ३ को जित निकालेको हो ।

निर्धारित समय भित्र दुवै टोलीले खेल बराबर खेलेपछी खेलको निर्णय ट्राईब्रेकरबाट भएको थियो । यो जितसंगै न्यू जनजागृती फुटबल क्लब निजगढ–५ ले पानीट्याङ्की फुटबल क्लब रतनपुरसंगको फाईनल भिडन्तको भेट पक्का गरेको छ ।

उपाधीका लागि कार्तिक २ गते विहिबार यी दुई टोलिको खेल निकै प्रतिस्पर्धात्मक र रोमान्चक हुने छ । फाईनल खेलमा यी दुई टोलीले फ्याफुल्ला फुटबल क्लबको घरेलुु मैदानमा यो सिजन वर्षको पहिलो पटक आआफ्नो प्रतिभा प्रस्फुटन गर्नेछन ।

फाईनल खेल दिनको १ बजे शुरु हुने भएको छ । सो खेलको म्यान अफ द म्याच जनजागृती फुटबल क्लबका खेलाडी बिपिन मगर घोषित भएका थिए ।

मगरलाई श्री शिवशक्तेश्वर आधारभुत विद्यालयका पुर्व शिक्षाक गोबिन्द थापाले ट्राफी हस्तान्तरण गर्नुभएको थियो । खेलको मुख्य रेफ्री भुमिकाको रुपमा बारा जिल्ला फुटबल रेफ्री संघका महासचिव सियाराम कुमरले भुमिका निभाएका छन् । त्यस्तै सहायक रेफ्रीको तर्फ भने दिनेश गुरो र रामकृष्ण गुरोले साथ दिएका थिए ।

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - ०७:०८:३५ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology