Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि न्यू जनजागृतीलाई

फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि न्यू जनजागृतीलाई

उमेश घलान

२, कार्तिक २०८०
फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि न्यू जनजागृतीलाई
images

बारा । बाराको निजगढ नगरपालिका–१३ डम्बरपुरमा जारी फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि निजगढ–५ को न्यू जनजागृती युवा क्लबले जितेको छ ।

फ्याफुल्ला फुटबल मैदानमा उपाधिका लागि विहीबार भएको खेलमा निजगढ–११ रतनपुरीको पानीट्याड्की युवा क्लबलाई ट्राईबेकरमा पराजित गर्दै उपाधि चुमेको हो ।

खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा ट्राईबेकरमा धकलिएको थियो । खेलमा दबाबमा परेको न्यू जनजागृतीले ट्राईबेकरमा भने नतिजा उल्टाउँदै उपाधिसँगै ५० हजार र र प्रमाणपत्र, ट्रफि हात पारेको छ भने उपविजेता बनेको पानीट्याड्कीले २५ हजार नगद, प्रमाणपत्र र ट्रफिमा चित्त बुझाएको छ ।

निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख सोममाया थिङ, वडा अध्यक्ष गोकुल तिमल्सिना, सुर्य बहादुर थापा मगर, घनश्याम तिमल्सिना, टेकबहादुर थिङ लगायतको उपस्थिति रहेको थियो ।

यसैविच कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रस्ताव गरेर अन्तिम समयमा आमन्त्रण नगरेको भन्दै वडा अध्यक्ष सुर्य घलानले असन्तुष्टि जनाउँदै कार्यक्रममा अनुपस्थित रहे । उनीसँगै उनी निकट जनप्रतिनिधि र नेताहरु समेत कार्यक्रममा सहभागि नभएको पाईएको छ ।

प्रतियोगितामा निजगढ नगरपालिकालगायत विभिन्न पालिकाहरु गरी २० वटा क्लबहरुले प्रतिस्पर्धा गरेका थिए ।

images
प्रकाशित मिति :कार्तिक २, २०८० बिहिवार - २२:४५:२८ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology