Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तलेजु भवानी मन्दिर आज मात्र खुल्ने

तलेजु भवानी मन्दिर आज मात्र खुल्ने

दैनिकी न्यूज

६, कार्तिक २०८०
तलेजु भवानी मन्दिर आज मात्र खुल्ने
images

काठमाडौं । आज हनुमानढोका दरबारको क्षेत्रको तलेजु भवानीको मन्दिर खुला गरिँदैछ । यो मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिनमात्र खोलिन्छ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।


तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले आइतबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।

images
प्रकाशित मिति :कार्तिक ६, २०८० सोमवार - ०६:४५:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology