Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालले जित्यो यू–१९ कपको उपाधि

नेपालले जित्यो यू–१९ कपको उपाधि

दैनिकी न्यूज

७, कार्तिक २०८०
नेपालले जित्यो यू–१९ कपको उपाधि
images

काठमाडौं । नेपालले मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेको छ । कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै नेपालले फाइनलमा जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भयो ।

वर्षा रोकिएपछि डिएल मेथड अनुसार यूएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइयो । तर, यूएई १७८ रनमा अलआउट भएको छ । नेपालका अलराउन्डर आकाश त्रिपाठीले महत्त्वपूर्ण चार विकेट लिएपछि यूएई लक्ष्यसम्म पुग्न सकेन । यूएईका ध्रुव परासले आक्रामक ५९ रन बनाउँदै नेपाललाई अत्त्याएका थिए । उनको विकेटसँगै यूएई कमजोर बन्यो ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८० रन बनाएको थियो ।

नेपालका लागि देव खनालले १०० रनको शतकीय पारी खेले । उनले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै ओपनर अर्जुन कुमालले ७८ बलमा ४ चौकासहित ५५ रन बनाए । त्यस्तै उत्तम थापामगरले महत्वपूर्ण ५७ रनको अर्धशतकीय पारी खेले । उनले ६७ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

युएईका लागि हरित शेठ्ठीले सर्वाधिक ५ विकेट लिए । त्यस्तै कप्तान आयन खानले २ विकेट लिए । उपाधिसँगै नेपाल एसिया कप छनोट भएको छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०८० मंगलवार - १७:३०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology