Logo

आइतवार, श्रावण २४ गते २०८३

images

टी–२० विश्व कप छनोटः आज नेपालले सिङ्गापुरसँग खेल्दै

टी–२० विश्व कप छनोटः आज नेपालले सिङ्गापुरसँग खेल्दै

दैनिकी न्यूज

१३, कार्तिक २०८०
टी–२० विश्व कप छनोटः आज नेपालले सिङ्गापुरसँग खेल्दै
images

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटका खेल आजदेखि हुँदैछन् । नेपालले पहिलो खेलमा आज सिङ्गापुरसँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुनेछ ।

यस्तै, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन् ।

नेपाल रहेको समूह ुएु मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ुबीु मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - ०७:२७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology