Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य प्रस्तुत

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य प्रस्तुत

दैनिकी न्यूज

१३, कार्तिक २०८०
सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य प्रस्तुत
images

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा घरेलु टिम नेपालले सिंगापुरबाट १४६ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनायो ।

पहिलो ओभरको दोस्रो बलमै कप्तान अरत्रा दत्तलाई गुमाएको सिंगापुरले आक्रामक सुरुवात गरेको थियो। ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्काको मद्दतमा ४६ रन जोडे पनि अन्य ब्याट्सम्यानले भने राम्रो खेल्न सकेनन्। सिंगापुरका आर्यविर चौधरीले ३७ रन बनाए भने मनप्रित सिंहले २४ रनको योगदान गरे।

नेपालका लागि अविनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २–२ विकेट लिए। 

images
प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १०:५४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology