रतनपुर । "खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्ति" भन्ने मुल नाराका साथ निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा दोश्रो वडा अध्यक्ष नकाउट फुटबल प्रतियोगिता आयोजना हुने भएकोछ ।
रतनपुर युनाइटेड फुटबल क्लबले कार्तिक १६ गतेदेखि कार्तिक २५ गतेसम्म वडा अध्यक्ष नकाउट फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएकोछ ।
निजगढ वडा नम्बर ११ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा संचालन हुने प्रतियोगितामा विजेताले एक लाख नगदसहित शिल, मेट्ल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगदसहित शिल, मेटल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रत्येक खेलमा म्यान अफ द म्याचले नगदसहित ट्राफि समेत प्राप्त गर्ने आयोजक रतनपुर युनाईटेड फुटबल क्लबका अध्यक्ष संतोष दनुवारले बताएको छ । प्रतियोगितामा मधेस प्रदेशलगायत बागमती प्रदेशका हेटौंडा फुटबल एकेडमीले समेत सहभागीता जनाएको छ ।
दोश्रो वडा अध्यक्ष कपमा १० टिमले प्रतिस्पर्धा गर्ने छन । सहभागी तिमहरु हेटौंडा फुटबल एकेडेमी मकवानपुर, जनअभियान बारागढी बारा, विरगंन्ज युथ एकेडेमी पर्सा, योङ्ग स्टार निजगढ-१० लाल, विरगन्ज युनाइटेड पर्सा, एभरेष्ट एकेडेमी सर्लाही, चन्द्रपुर गैडाटार रौतहट, सभुझ गण आधाभार विभागीय आर्मी टोलि र आयोजना दुई टिमगरि १० फुटबल टोलिको सहगीता रहने छन ।
पत्रकार सम्मेलन क्लबका अध्यक्ष संतोष द्नुवारको अध्यक्षतामा भएका थिए । भने प्रमुख अतिथिमा निजगढ ११ का वडा अध्यक्ष सहईया गुरो थारुलाई निम्त्याएका थिए । खेलकुदको अभियान्त तथा बारा जिल्ला रेफ्री संघका महासचिव सियाराम कुमर, सम्मेलनमा सचीव उमेश गुरो, सदस्य बाबुराम स्यङ्तान, मुनिलाल कुमर, खेलप्रेमी जनकलाल गुरो, रामआशिष गुरो, संतोषकुमार गुरोलगायत युवा समाजसेवीहरुको सहभागीता रहेका थिए ।
कार्तिक १६ गते विहिबार उदघाटन खेलमा हेटौंडा एकेडेमी मकवानपुर र जनअभियान बारागढी बाराविच दिनको दुई बजे प्रतिस्पर्धा गर्ने छ । हरेक टोल र स्थानबाट खेलाडीहरुलाई प्रशिक्षण सहित फुटबल खेलमा सहभागी गराई खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।