रतनपुर । निजगढ नगरपालिका–११ रतनपुरमा दोश्रो वडा अध्यक्ष नकाउट फुटबल प्रतियोगिताको उदघाटन खेलमा हेटौंडा एकेडेमी फुटबल क्लब विजयी भएको छ । ‘खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्तिू भन्ने मुल नाराका साथ आयोजना गरेको उक्त प्रतियोगितामा हेटौंडाले जनभियान बारागढीलाई ३-१ को अन्तरले पराजित गरेको हो ।
रतनपुर युनाइटेड फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताको उदघटान समारोहमा प्रमुख अतिथी निजगढ नगर प्रमुख सुरथ पुरीले व्यानर खोलेर उदघाटन गरेको थिए । त्यस्तै रतनपुर युनाइटेड क्लबका अध्यक्ष संतोष दनुवारको अध्यक्षतामा भएको समारोहको अतिथिहरु भने निजगढ नगरकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरो थारु, निजगढ वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोलेलगायतले खेलको बारेमा महत्त्वपूर्ण मन्तव्य,राखेका थिए ।
सो उदघाटन समारोहमा नेपाली कांग्रेस निजगढ नगर अध्यक्ष नवराज तिमल्सिना, नेकपा एमले नगर उपाध्यक्ष भोलाप्रसाद गौतम विभिन्न क्षेत्रका समाजसेवी जनासरोकारवालालगयतका सहभागी रहेको थियो भने कार्यक्रम संचालन क्लबका सचीव उमेश गुरोले गरेका थिए । खेलको म्यान अफ द म्याच हेटौंडा एकेडेमीको खेलाडी मिलन लामा घोषित भएको थिए ।
घोषित लामालाई १ हजार नगदसहित ट्रफी निजगढ नगरपालिका-११ का वडा अध्यक्ष सहइया गुरोले हस्तान्तरण गरेका थिए । उक्त गोल्डकप प्रतियोगितामा विजेताले एक लाख नगदसहित शिल, मेट्ल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगदसहित शिल, मेटल र प्रमाणपत्र प्राप्त गर्ने छ । कार्तिक १७ गते शुक्रबार विरगंज युनाइटेड पर्सा र एभरेष्ट एकेडेमी सर्लाही विच प्रतिस्पर्धा हुने आयोजकले जानेको छ ।