काठमाडौं । माण्डू हाईड्रोपावरले लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९–०८० को मुनाफाबाट चुक्तापूँजी १ करोड ३६ करोड ३६ लाख ३७ हजारले हुन आउने १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ९करप्रयोजसहित० वितरण गर्ने घोषणा गरेको हो ।कम्पनीको गत कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसैगरी, कम्पनीले १२ औं वार्षिक साधारणसभा समेत बोलाएको छ । कम्पनीको सोही दिन बसेको सञ्चालक समितिको बैठकले मंसिर ८ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभा ठमेल, काठमाडौंमा विहान ११ बजे बस्नेछ । सभाले गत आवको आयव्यय विवरण, वार्षिक प्रतिवेदन तथा वासलात,लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने छ।
यसैगरी सभाले सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन तथा संस्थापकतर्फ सञ्चालक नियुक्ति अनुमोदन गर्ने छ।
कम्पनीले केहि महिना अघि मात्र आईपीओ निष्कासन गरेको थियो । कम्पनीको कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर दोस्रोबजारमा सूचीकृत छ।