काठमाडौं । नेपालका सन्दीप लामिछानेले युएईविरुद्ध पहिलो विकेट लिएका छन्। उनले तेस्रो नम्बर क्रिजमा आएका आसिफ खानलाई एलबिडब्लु धरापमा पारेका छन्।
१४ बलमा १३ रन बनाएका आसिफले एक चौका प्रहार गरेका थिए। १० ओभर समाप्तिमा युएई ६२–३ को स्थितिमा छ।
यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकी नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ।