बारा । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ११ मा संचालन भइरहेको वडा अध्यक्ष गोल्डकप नकआउट फुटबल प्रतियोगितामा रतनपुर युनाइटेड फुटबल क्लब निजगढ-११ रतनपुर विजयी भएको छ ।
नेपाल राष्ट्रिय मा.वि. को खेलमैदानमा सोमबार भएको खेलमा रतनपुर युनाइटेड २-० गोल अन्तरले विजयी भएको हो । हेटौंडा फुटबल एकेडेमीलाई युनाइटेडले खेल अवधिभर दवावमा राखेका थिए । हेटौंडा फुटबल एकेडेमीले पाएको कयौं पटकको अवसरलाई सदुपयोग गर्न नसक्दा हार ब्योहोरन परेको हो ।
सुरुमा सक्रियतामा रहे हेटौंडा फुटबल एकेडेमी एक गोल पछाडी परेपछि भने निराश भए । त्यस्तै एकेडेमीले खेललाई बराबरमा फर्काउन कोसिस गर्दै थिए । त्यसपश्चात पुन: एक गोल खाएपछि हेटौंडा फुटबल एकेडेमी स्तब्ध भएका थिए ।
रतनपुरका लागि साजन गुरो र बादल गुरोले सम्मान एक-एक गोल गरे । रतनपुर युनाइटेडका तर्फबाट बसन्तको पासलाई सदुपयोग गर्दै साजनले प्रहार गरेको बलले जाली चुमेका थिए । त्यस्तै बादलले गोल थप्दै टोलीलाई दोब्बरको अग्रता दिलाएका हुन । जितसँगै युनाइटेड सेमिफाइनलमा प्रवेश भएको छ । खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्ति" भन्ने नाराका साथ क्लबले आयोजना गरेको आयोजकले जनाएको छ ।
खेलको म्यान अफ द म्याच पानी रतनपुर युनाइटेड फुटबल क्लब का खेलाडी विक्रम लामा घोषित भएका थिए । लामालाई निजगढ-१२ का वडा अध्यक्ष ज्ञान बहादुर लामाले ट्राफीसहिर नगद एक हजार हस्तान्तरण गरेका थिए । त्यस्तै कार्तिक २१ गते मंगलबार चन्द्रपुर रौतहट र विरगंज युनाइटेडविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।