Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रतनपुर दोश्रो वडा अध्यक्ष गोल्डकपमा आयोजक "वि" लाई हराउँदै चपुर सेमिफाइनलमा प्रवेश

रतनपुर दोश्रो वडा अध्यक्ष गोल्डकपमा आयोजक "वि" लाई हराउँदै चपुर सेमिफाइनलमा प्रवेश

उमेश घलान

२१, कार्तिक २०८०
रतनपुर दोश्रो वडा अध्यक्ष गोल्डकपमा आयोजक "वि" लाई हराउँदै चपुर सेमिफाइनलमा प्रवेश
images
रतनपुर । बाराको निजगढ नगरपालिका वडा नम्बर-११ रतनपुरमा जारी वडा अध्यक्ष गोल्डकप प्रतियोगिता अन्तरगत मंगलवार भएको खेलमा चपुर गैडाटार-८, रौतहटले आयोजक रतनपुर "वि" लाई ४-० ले पराजित गरेको छ ।
रौतहटको लागि कारण श्रेष्ठले १३औं मिनेटमा १ गोल गरेका थिए । त्यस्तैगरि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ओम धामीले ४८औं मिनेटमा १ गोल गरेर खेललाई दोब्बर बनाएको थिए । धामीले ६२औं मिनेटमा पुन: गोल गर्दै ३ गोलको अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा रौतहटलाई राजु पहारीले गोल गर्दै टोलीलाई ४ गोलको अन्तरले विजयी भएको हो ।
आयोजक "वि" टीमले रौतहटलाई निजगढ-१३ डम्बरपुर फ्याफुल्ला नकाउट प्रतियोगितामा १ गोलले पाखालगाउदै रतनपुर "वि" टीम सेमिफाइनलमा छिरेका थिए । त्यसैको विरुद्धमा रौतहटले यो पटकको गोल्डकपमा ४ गोल हार चखाएको हो । खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्ति" भन्ने नाराका साथ आयोजना गरेको सो खेल नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको खेलमैदानमा भएको हो ।
यो संगै रौतहटले फाइनलकालागी विरगंज युनाइटेड संग प्रतिस्पर्धा गर्ने छ । सो खेलको प्ले अफ द म्याच रौतहटको ओम धामी घोषित भएको छ । घोषित धामीएलाई निजगढ नगरपालिका वडा नम्बर ११ का पुर्व वडा अध्यक्ष प्रेमबहादुर रुम्बाले ट्राफिसहित नगद एक हजार हस्तान्तरण गरेका थिए । त्यस्तै कार्तिक २२ गते वुधवार दिनको २ बजे योङ्ग स्टार फुटबल क्लब निजगढ-१० लाल र आयोजक "ए" विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
 

images
प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - २०:०१:०८ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology