रतनपुर । बाराको निजगढ नगरपालिका वडा नम्बर–११ रतनपुर स्थित जारी वडा अध्यक्ष गोल्डकपको प्रतियोगिता अन्तरगत बुधवार भएको खेलको आयोजक रतनपुर “ए” र योङ्ग स्टार निजगढ–१० लालविच विवादका कारण खेल स्थगित गरेको छ ।
खेलको मध्यान्तर पछी योङ्ग स्टार फुटबल टोलिबाट अफ साईड गोल गरे पछि सो खेलमा विवाद शुरु भएको हो । सहायक रेफ्रीले झन्डा देखाए पनि अटेर गरि यो स्टारले गोल पोष्टमा बल प्रहार गरेका थिए । सो गोलको मान्यता नपाएको भन्दै योङ स्टारले विवाद चर्काएका हुन । खेल समय सिमा अवधि भित्र पनि विवाद नटुङ्गीएपछि रेफ्रीले समय अन्त्य भएको तथा रातपरेको घोषणा गरेको थियोे ।
विवाद सुल्झाउन कार्तिक २३ गते विहिवार विहान छलफलका लगी आयोजकले योङ्ग स्टारका टिम का व्यवस्थापक र टिम काप्तानलाई अनुरोध गरेको छ ।
विहिवार विवाद टुङ्गीए पश्चत बाँकी रहेको समयको खेल पुनः खेलाउने आयोजक अध्यक्ष संतोष कुमार दनुवारले बतााएको छ ।
खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्ति“ भन्ने नाराका साथ आयोजना गरेको सो दोश्रो वडा अध्यक्ष गोल्डकप नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको खेलमैदानमा संचालन भैइरहेको छ ।