Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

दैनिकी न्यूज

२३, कार्तिक २०८०
मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा
images

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ । 

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - १०:१४:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology