Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रतनपुर दोश्रो वडा अध्यक्ष गोल्डकपमा आज दुई खेल दुई, टुङ्गियो आयोजक ‘ए' र योङ्ग स्टारविचको विवाद

रतनपुर दोश्रो वडा अध्यक्ष गोल्डकपमा आज दुई खेल दुई, टुङ्गियो आयोजक ‘ए' र योङ्ग स्टारविचको विवाद

उमेश घलान

२३, कार्तिक २०८०
रतनपुर दोश्रो वडा अध्यक्ष गोल्डकपमा आज दुई खेल दुई, टुङ्गियो आयोजक ‘ए' र योङ्ग स्टारविचको विवाद
images

रतनपुर । बाराको निजगढ नगरपालिका वडा नम्बर(११ रतनपुरमा जारी वडा अध्यक्ष गोल्डकप प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुने भएको छ ।
बुधवार भएको खेलमा आयोजक रतनपुर ‘एू र योङ्गस्टार लालबीच विवादका कारण स्थगित गरेको थियो । खेलको मध्यान्तरपछि योङ्ग स्टार फुटबल टोलिबाट अफ साईड गोल पछि विवाद शुरु भएको खेल अवेरसम्म सहमति झुटाउन नसक्दा रेफ्रीले समय अन्त्य घोषणा गरेका थिए ।

मंगलबार कार्तिक २३ गते बसेको बैठकको निर्णय अनुसार खेल मध्यान्ह १२ बजे आयोजक र योङ्ग स्टार विचको खेल शुरुदेखि नै हुने माग गरेको अफ साईड गोल बदर हुने निर्णय समितिले टुङ्गो लगाएको हो ।

आयोजकले बोलाएको उक्त छलफलमा निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरो रतपुर अस्थायी पोष्ट प्रहरी प्रमुख जिवराज धिताल र भिमी मोक्तान सोनम सिं लगायतले विवाद टुङ्गोलगाएका थिए ।

सहायक रेफ्रीली झन्डा देखाउद समेत योङ्ग स्टारका खेलाडीले अटेर गरि गोल पोष्टमा प्रहार गरेका थिए । सो गोलको मान्यताको माग गर्दै योङ्ग स्टारले विवाद चर्काएका थिए ।

खेल समय सिमा भित्र पनि विवाद नटुङ्गीदा रेफ्रीले समय अन्त्य भएको घोषणा गरेको हो । विवाद सुल्झाउनको लागि विहिवार बिहान छलफलका लागि आयोजकले अनुरोध गरेको गरेको थियो ।

सो अनुरोध अनुसार दुई पक्षविच सहमति भएको बारा जिल्ला रेफ्री संघका महासचिव सियाराम कुमरले जनाए ।

विवाद टुङ्गीए पश्चत खेल पुनः शुरुबाट नै खेलाउने निर्णयक पुस्तिकामा हस्ताक्षर गरेको सुचना क्लबले सार्वजनिक गरेको छ ।

खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्तिू भन्ने नाराका साथ आयोजना गरेको सो खेल नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको खेलमैदानमा आजै विरगंज युनाइटेड र एफसी चपुर रौतहटविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - १०:३१:०१ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology