Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

दैनिकी न्यूज

३, मंसिर २०८०
नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य
images

काठमाडौँ । चार देशीय महिला टी–२० क्रिकेट श्रृंखलाको तेस्रो स्थानका लागि अहिले नेपाल र जापान भिडिरहेका छन् । हङकङमा जारी प्रतियोगिताको तेस्रो स्थानको लागि नेपाल र जापान भिडिरहेका हुन् ।

जितका लागि नेपालले ११६ रनको चुनौती दिएको छ । खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनायो । ओपनर पूजा महतोले ५१ बलमा ४३ रन जोडिन् । त्यस्तै रोमा थापाले २२ तथा रुबिना क्षेत्रीले २१ रन बनाइन् ।

नेपाल यसअघि आयोजक हङकङ र तान्जिनियासँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । जापानले लिग चरणका सबै तीन खेल हारेको थियो ।

यसअघि नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले तथा दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो । उपाधिका लागि आजै हङकङ र तान्जानिया भिड्दै छन् ।

images
प्रकाशित मिति :मंसिर ३, २०८० आइतवार - ०८:४७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology