Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विश्वकप जित्न भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

विश्वकप जित्न भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

दैनिकी न्यूज

३, मंसिर २०८०
विश्वकप जित्न भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य
images

काठमाडौं । केएल राहुल र विराट कोहलीको अर्धशतकप्रेरित भारतले आईसीसी एकदिवसीय विश्वकपको उपाधिका लागि अस्ट्रेलियाविरुद्ध २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गर्यो ।

भारतका केएल राहुलले १०७७ बलमा सर्वाधिक ६६ रन बनाए । तेस्रो नम्बरमा क्रिजमा आएका विराट कोहलीले ६३ बलमा चार चौकासहित ५४ रनको योगदान गरे ।

ओपनर रोहित शर्माले ३१ बलमा ४७ रन बनाएर आउट भए । चार चौका र तीन छक्का हिर्काएका रोहितलाई ग्लेन म्याक्स्वेलले ट्राभिस हेडबाट क्याच आउट गराए । भारतका लागि सूर्यकुमार यादवले १८ रनको योगदान गरे।

अस्ट्रेलियाका मिचेल स्टार्सले १० ओभरमा ५५ रन खर्चदै तीन विकेट लिए । कप्तान प्याट कमिन्स र जस हेजलवुडले समान दुई विकेट लिए ।

भारत घरेलु मैदानमा तेस्रो पटक विश्वकप उचाल्ने दाउमा छ । अस्ट्रेलिया कीर्तिमानी छैटौं पटक उपाधि जित्ने लक्ष्यमा छ ।

भारतले यसअघि १० खेलमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। सुरुवाती दुई खेल हारेको अस्ट्रेलिया त्यसपछिका आठ खेलमा अपराजित छ ।

images
प्रकाशित मिति :मंसिर ३, २०८० आइतवार - १८:२१:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology