Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म ५ जनाभन्दा बढी भेला हुन ३० दिनसम्म निषेध

पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म ५ जनाभन्दा बढी भेला हुन ३० दिनसम्म निषेध

दैनिकी न्यूज

४, मंसिर २०८०
पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म ५ जनाभन्दा बढी भेला हुन ३० दिनसम्म निषेध
images

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको माइतीघरमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ।

पुतलीसडकको पद्मोदय मोडदेखि सर्वोच्च अदालत, माइतीघर हुँदै नयाँ बानेश्वरसम्म कुनै पनि भेला वा प्रदर्शनजन्य कार्यक्रम गर्न नपाइने गरी प्रशासनले आदेश जारी गरेको छ। आजदेखि ३० दिनसम्म यो निषेधाज्ञा कायम हुने प्रशासनले जनाएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जारी गरेको आदेशमा भनिएको छ ।

मंसिर ७ गते काठमाडौंमा हुन लागेको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले जारी गरेको विज्ञप्ति अनुसार मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाइएको छ।

अब सो क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने भएको छ।

हेर्नुहोस विज्ञप्ति

377173466_360483463144421_8874351380924555958_n1_X3dwoJRFgA.jpg

images
प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - २०:०२:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology