Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको यूएन हाउस र मन्त्री निवास आसपास ६ महिना निषेधाज्ञा जारी

ललितपुरको यूएन हाउस र मन्त्री निवास आसपास ६ महिना निषेधाज्ञा जारी

दैनिकी न्यूज

५, मंसिर २०८०
ललितपुरको यूएन हाउस र मन्त्री निवास आसपास ६ महिना निषेधाज्ञा जारी
images

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर–३ पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने गरी ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम आज (मंसिर ५ गते) देखि लागु हुने गरी ६ महिनाका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञा जारी भएको ठाउँमा ५ जना भन्दा बढी व्यक्ति भेला भइ नारा, जुलुश, प्रदर्शन, धर्ना, घेराउ, अनशन जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने पण्डितले निकालेको सूचनामा उल्लेख छ ।

यसअघि सोमबार काठमाडौं जिल्ला प्रशासनले एक महिनाका लागि माइतीघर–नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

aadesh_20231121_0001_4ROaoqdSvE.webp

 

images
प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - १७:११:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology