Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घरेलु मैदानमा फ्याफुल्लासँग मानेचोक स्तब्ध

घरेलु मैदानमा फ्याफुल्लासँग मानेचोक स्तब्ध

उमेश घलान

१३, मंसिर २०८०
घरेलु मैदानमा फ्याफुल्लासँग मानेचोक स्तब्ध
images

बारा। जिल्ला बाराको निजगढ नगरपालिका वडा नम्बर १३ मानेचोक स्थित जारी मानेचोक फुटबल प्रतियोगितामा आयोजक २–० को अन्तरले पराजित भएको छ ।

मानेचोक फुटबल क्लबद्वारा पाँचौ सस्करणको उक्त खेलमा मानेचोकले वडाअन्तर्गतको फ्याफुल्ला संग क्वाटरफाईनलमा आयोजक मानेचोकले दोस्रो हार बेहोरेको हो ।

वडा अन्तर्गत मंगलबार घरेलु मैदानमा स्थानीय दर्शकमाझ मानेचोकले फुआफुल्लाविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मानेचोकका खेलाडीहरुले पहिलो हाफमै दुई गोलको हार वेहोरेको थियो ।

वडा अन्तर्गत फ्याफुल्लाको यो पहिलो जित हो । खेलको पहिलो हाफ हुन केहि समय बाँकी रहदा फ्याफुल्लाको स्विन बोम्जनले एक गरेको थिए । अतिरिक्त समयमा फ्याफुलाको विशाल थिङ्गले एक गर्दै टोलिलाई दोब्बरको अग्रता दिलाएका थिए ।

खेलको मन अफ द म्याच फ्याफुल्लाको सविन बोम्जन घोषित भए । घोषित बोम्जनलाई निजगढ वडा नम्बर १३ का वडा सदस्य सुर्यबहादुर थोकरले ट्रफी हस्तान्तरण गरेका थिए ।

सो खेलको निर्णयक मुख्य रेफ्रीको भुमिकामा सियाराम गिरो रहेका थिए भने सहयक रेफ्रीमा अजय गुरो र रामकृष्ण गुरोले निभाएका थिए

images
प्रकाशित मिति :मंसिर १३, २०८० बुधवार - ०७:३७:३६ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology