Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भुकम्प पीडित पत्रकारलाई न्यानो ज्याकेट

भुकम्प पीडित पत्रकारलाई न्यानो ज्याकेट

दैनिकी न्यूज

१७, मंसिर २०८०
भुकम्प पीडित पत्रकारलाई न्यानो ज्याकेट
images

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराउने भएको छ । सेन्टर ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले दिएको जानकारी अनुसार शनिबार दिउसो बसेको जिल्ला कार्यसमिति बैठकको निर्णयमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख रुपैयाँ बराबरको १ सय थान ज्याकेट उपलब्ध गराइने भएको हो ।

'भूकम्पमा परेका पीडित पत्रकार साथीहरुलाई सहयोग पुर्‍याउने हाम्रो अभिप्राय हो । पत्रकारिता पेशामा रहेका साथीहरूलाई पीडा परेको समयमा सहयोग गर्नु हाम्रो मानवीय धर्म हो । रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित सबै पत्रकारलाई पुग्ने गरि प्रेस सेन्टर केन्द्रीय कार्यसमितिमार्फत हामी न्यानो ज्याकेट उपलब्ध गराउँछौं ।' अध्यक्ष कार्कीले भने ।

प्रेस सेन्टर ललितपुरका इन्चार्ज सुर्य सुवेदीले दिएको जानकारी अनुसार तत्कालीन राज्यपक्षबाट वेपत्ता पारिएका पत्रकार मिलन नेपालीको नाममा स्थापित यस बर्षको 'मिलन नेपाली साहासिक पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि तीन सदस्यीय छनौट समिति गठन गरिएको छ । समितिमा ललितपुर बार एशोशियशनका अध्यक्ष अधिवक्ता राम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।

कोरोना महामारीको समयमा पनि प्रेस सेन्टर ललितपुरले पत्रकारहरुलाई सहयोग पुग्ने गरि माक्स, सेनिटाइजर, प्रेस ज्याकेट, खाद्यान्नलगायतका सामग्रीहरु उपलब्ध गराएको थियो ।

'संस्थागत रुपमा सहयोग गर्दा आपतमा परेका साथीहरूलाई ठूलो काम हुन्छ । गतवर्ष पनि हामीले जिल्लामा क्रियाशील प्रेस सेन्टरका पत्रकार साथीहरूलाई न्यानो ज्याकेट उपलब्ध गराएका थियौं । यो वर्ष भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय भएको हो ।' सचिव दिपक अर्यालले भने ।

images
प्रकाशित मिति :मंसिर १७, २०८० आइतवार - ०८:०२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology