Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार दोहोरो अंकले बढ्यो नेप्से सूचक

बिहीबार दोहोरो अंकले बढ्यो नेप्से सूचक

दैनिकी न्यूज

२१, मंसिर २०८०
बिहीबार दोहोरो अंकले बढ्यो नेप्से सूचक
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक ११ दशमलव ७३ अंकले बढेर १ हजार ८ सय ५२.७७ को बिन्दुमा बजार बन्द भएको छ ।

नेप्सेका अनुसार आज १७५ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ र ८ कम्पनीको शेयर मुल्य स्थिर छ ।

यसदिन २९९ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको शेयर किनबेच भएको छ । आज नेप्सेमा नेपाल रि इन्स्योरेन्सको सर्वाधिक शेयर किनबेच भएको छ । कम्पनी एक्लैको संस्थापक शेयर ८६ करोडभन्दा बढी भएको छ । त्यसैगरी सिटीजन लाईफ इन्स्योरेन्सको ९ करोड ५४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको ९ करोड २७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

यो दिन त्रिशुली जलविद्युत कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको  सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  त्रिशुली जलविद्युत कम्पनीको यो दिन दोस्रो बजारमा पहिलो कारोबार भएको हो ।

त्यस्तै सीवाईसी लघुवित्त वित्तीय संस्थाकोे सेयरमूल्य ९.९१ प्रतिशतले बढेको छ । यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.८१ प्रतिशतले  घटेको छ ।

त्यसैगरी, यो दिन मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.४१ प्रतिशतले ओरालो लागेको छ ।यसैगरी, विजय लघुवित्त वित्तीय संस्थाको  सेयरमूल्य ५.१९ प्रतिशतले ओरालो लागेको छ । 

images
प्रकाशित मिति :मंसिर २१, २०८० बिहिवार - १५:४२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology