Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

बिहीबार दोहोरो अंकले बढ्यो नेप्से सूचक

बिहीबार दोहोरो अंकले बढ्यो नेप्से सूचक

दैनिकी न्यूज

२१, मंसिर २०८०
बिहीबार दोहोरो अंकले बढ्यो नेप्से सूचक
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक ११ दशमलव ७३ अंकले बढेर १ हजार ८ सय ५२.७७ को बिन्दुमा बजार बन्द भएको छ ।

नेप्सेका अनुसार आज १७५ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ र ८ कम्पनीको शेयर मुल्य स्थिर छ ।

यसदिन २९९ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको शेयर किनबेच भएको छ । आज नेप्सेमा नेपाल रि इन्स्योरेन्सको सर्वाधिक शेयर किनबेच भएको छ । कम्पनी एक्लैको संस्थापक शेयर ८६ करोडभन्दा बढी भएको छ । त्यसैगरी सिटीजन लाईफ इन्स्योरेन्सको ९ करोड ५४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको ९ करोड २७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

यो दिन त्रिशुली जलविद्युत कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको  सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  त्रिशुली जलविद्युत कम्पनीको यो दिन दोस्रो बजारमा पहिलो कारोबार भएको हो ।

त्यस्तै सीवाईसी लघुवित्त वित्तीय संस्थाकोे सेयरमूल्य ९.९१ प्रतिशतले बढेको छ । यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.८१ प्रतिशतले  घटेको छ ।

त्यसैगरी, यो दिन मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.४१ प्रतिशतले ओरालो लागेको छ ।यसैगरी, विजय लघुवित्त वित्तीय संस्थाको  सेयरमूल्य ५.१९ प्रतिशतले ओरालो लागेको छ । 

images
प्रकाशित मिति :मंसिर २१, २०८० बिहिवार - १५:४२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology