Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रथम निजगढ नगर स्तरिय तेक्वान्दो च्याम्पियनसिप सुरु

प्रथम निजगढ नगर स्तरिय तेक्वान्दो च्याम्पियनसिप सुरु

उमेश घलान

२२, मंसिर २०८०
प्रथम निजगढ नगर स्तरिय तेक्वान्दो च्याम्पियनसिप सुरु
images

बारा । बारा जिल्लाको निजगढमा प्रथम निजगढ नगर स्तरिय तेक्वान्दो च्याम्पियनसिप सुरु भएको छ ।

च्याम्पियनसिपको निजगढ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष स्वर्ण लामाले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित निजगढ–८ स्थित कभर्ड हलमा भोली २३ गते शनिबार सम्म च्याम्पियनसिप सञ्चालन हुनेछ ।

बारा जिल्ला तेक्वान्दो संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन गर्दैै वडा अध्यक्ष लामाले तेक्वान्दो खेलको विकास र प्रवर्द्धनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले निजगढमा फुटबलपछि तेक्वान्दो खेलको प्रचुर सम्भावना रहेको र क्रिकेट खेलले पनि गति लिन लागेको भन्दै खेलकुद र खेलाडीको विकासका लागि विगतदेखि नै स्थानीय सरकारले सहयोग गर्दै आएको बताए ।

प्रतियोगिताहरु खेलाडी र प्रशिक्षकहरुको परीक्षा भएका भन्दै महत्व दिएर खेल प्रदर्शन गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य एवं फरक नेपाल डट कमका अध्यक्ष महेश्वरले तेक्वान्दो खेलमा निजगढका खेलाडीले पहिचान स्थापित गरेको भन्दै उत्साहित भएर खेल्न खेलाडीलाई आह्वान गरे । उनले प्रतियोगितालाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

त्यसैगरि शसस्त्र प्रहरी बल निजगढका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक दिनेश शर्माले खेलकुदले शारिरीक र मानसिक विकासमा योगदान गर्ने भन्दै खेलको महत्व भएको बताए । उनले खेलले अनशासन सिकाउने भन्दै प्रतियोगिताहरु सञ्चालनले खेलाडीलाई अवसर प्रदान गर्ने उल्लेख गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ, पत्रकार उमेश घलान लगायतको उपस्थिति रहेको थियो ।

संघका अध्यक्ष नन्दु लामाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निजगढ नगर कमिटी तेक्वान्दो विकास समितिका अध्यक्ष मानध्वज लामा र सञ्चालन संघका सचिव दिपक खड्काले गरेका थिए ।

च्याम्पियनसिपमा निजगढ र कोल्हवीका एक सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार दुई वटा तौल समूहको प्रतिस्पर्धा भएको छ । जसमा २६ केजी र २४ केजी तौल समुहको खेल भएको हो ।

२६ केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका समिप गौतम प्रथम, सत्यश्वर तेक्वान्दो डोजाङ्गका साविर लामा दितृय र अर्जन लामा तृतीय भए । नेत्रोदय तेक्वान्दो डोजाङ्गका सेम्बोन स्याङ्यबो तृतीय भए ।

त्यसैगरि २४ केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका सन्देश थापा मगर प्रथम, विश्वास तिमल्सिना दितृय र सत्यश्वर तेक्वान्दो डोजाङ्गका अविशेक रुम्बा तृतीय र कोल्हवी तेक्वान्दो डोजाङ्गका डेविड कुसवार तृतीय भए ।

images
प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - १९:२७:३६ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology