Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको झम्सिखेलमा गोली चल्यो, १ जना पक्राउ

ललितपुरको झम्सिखेलमा गोली चल्यो, १ जना पक्राउ

दैनिकी न्यूज

२६, मंसिर २०८०
ललितपुरको झम्सिखेलमा गोली चल्यो, १ जना पक्राउ
images

ललितपुर । प्रहरीले ललितपुरको झम्सिखेलबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झम्सिखेलबाट उदयपुरका अविनाश राईलाई लागुऔषध आइस ड्रगसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिने क्रममा प्रहरीलाई राईले आक्रमण गर्न खोजेपछि प्रहरीले १ राउन्ड गोलीसमेत चलाएर उनलाई नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए ।

राईको साथबाट आधा किलो आइस ड्रग बरामद भएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका राईमाथि आवश्यक छानिबन भइरहेको पनि एसपी रेग्मीले जानकारी दिए ।

images
प्रकाशित मिति :मंसिर २६, २०८० मंगलवार - १५:४६:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology