काठमाडौं । लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् । पुसमा बैंकहरूको ब्याजदर मंसिर महिनाको तुलनामा घटेको छ । पुस महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका हुन् । सबैभन्दा बढी हिमालयन बैंकले घटाएको छ ।
हिमालयन बैंकले पुसमा ब्यजादर २ प्रतिशत बिन्दु घटाएर ८.६०३ प्रतिशत कायम गरेको छ । त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशत बिन्दु ब्याजदर घटाएका छन् । प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । यी दुवैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ ।
व्यक्तिगत मुद्दतितर्फ एनआईसी एसियाले ब्याजदर घटाएर ८.६७ प्रतिशत पुर्याएको छ । एनएमबिको ब्याजदर ९ प्रतिशत, नबिल बैंकको ब्याजदर ८.६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ६१ प्रतिशत र नेपाल इनभेष्टमेन्ट मेगा बैंकको ९.५ प्रतिशत कायम भएको छ ।
त्यस्तै, ग्लोबल आईएमईको ब्याजदर ८.६ प्रतिशत पुगेको छ भने हिमालयन बैंकको ब्याजदर ८.६०३ प्रतिशत कायम भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर ८.५६ प्रतिशत, कृषि विकास बैंकको ब्याजदर ९.०१२ प्रतिशत, एभरेस्टको ८ प्रतिशत, नेपाल एसबीआई बैंकको ९.६ प्रतिशत, सिटिजन्सको ९.३५ प्रतिशत, कुमारीको ९.३१ प्रतिशत र लक्ष्मी सनराइजको ९ प्रतिशत कायम भएको छ ।
त्यस्तै, सिद्धार्थ बैंकको ब्याजदर ९.२५ प्रतिशत, प्राइमको १० प्रतिशत र माछापुच्छ्रे बैंकको ब्याजदर ९.६ प्रतिशत कायम भएको छ ।