Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जीवन विकास लघुवित्तको लाभांश घोषणा

जीवन विकास लघुवित्तको लाभांश घोषणा

दैनिकी न्यूज

२, पौष २०८०
जीवन विकास लघुवित्तको लाभांश घोषणा
images

काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–०८० को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३६९ प्रतिशत नगद लाभांश गरि कुल १४.७३६९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँ रहेको छ । 

images
प्रकाशित मिति :पौष २, २०८० सोमवार - ०९:४९:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology