Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गौरीशंकर फाउन्डेसन र नेनेस गौरको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविरमा २५० जनाद्वारा परिक्षण

गौरीशंकर फाउन्डेसन र नेनेस गौरको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविरमा २५० जनाद्वारा परिक्षण

उमेश घलान

३, पौष २०८०
गौरीशंकर फाउन्डेसन र नेनेस गौरको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविरमा २५० जनाद्वारा परिक्षण
images

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा गौरीशंकर फाउण्डेशनको आर्थिक सहयोगमा र नेपाल नेत्र ज्योती संघ, गौर आँखा अस्पतालको संयुक्त आयोजनामा मंगलवार आँखाको एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ ।

शिविरमा निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्णा लामालगायत १ सय ३३ महिलासहित २ सय ५० जनाले आँखा परिक्षण गरेको हो । जसमा ३३ जनामा मोतिविन्दु फेला परेका छ्न । मोतिविन्दुको विरामीहरुमध्य २७ जनाले मात्र शल्यक्रियाको सहमत जनाएको छ ।

त्यस्तैगरि नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालले ६८ जनालाई निःशुल्क पावर सहितको चश्मा, ७२ जनाई निःशुल्क औषधी र २७ जनालाई लेन्ससहित मोतिबिन्दुको विरामीलाई नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालले निस्शुल्क शल्यक्रिया गर्ने भएको छन ।

शिविर कार्यक्रममा नेपाल नेत्रज्योती संघ आँखा अस्पतालको तर्फबाट संयोजक डाक्टर सत्येन्द्र पाण्डेको टोलिले विरामीहरुलाई परिक्षण गरेका थिए । मोतिबिन्दु विरामीलाई अस्पतालको सवारीसाधानमा लगेर निशुल्क शैल्यक्रियागरि पुनः घर पुर्याउने व्यवस्थापन गौर आँखा अस्पतालले गर्ने डाक्टर पाण्डेले बताएको छ ।

त्यस्तै स्थानीय आयोजक गौरीशंकर फाउन्डेशनका अध्यक्ष नारायणबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा फाउन्डेशनकी उपाध्यक्ष पुजा सापकोटा, सचिव दिपक सापकोटा, सहसचिव उत्तरबहादुर पुलामी, कोषाध्यक्ष अविनाश सापकोटा त्यस्तैगरि सदस्यहरुमा अभिशेष शर्मा, प्रकाश प्रधान, अनुराधा श्रेष्ठ, प्रमोद रिमाल, दिपा बस्नेत खरेल चन्दन कुमार झालगायतका सहभागी रहेका थिए ।

त्यस्तैगरि फाउन्डेशनले अनुरोधलाई सहजै स्विकार्दै शिविर संचालनमा पुर्‍याएको योगदान प्रति अस्पताललाई सम्मान पत्रले सम्मान समेत गरेको थियो । शिविर सञ्चालनका निम्ति घरको कोठा सहयोग गरेकोमा फाउन्डेशनले विदुरलाल श्रेष्ठलाई पनि सम्मान पत्रले सम्मान गरेका हुन ।

images
प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - १९:३७:२८ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology