Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ज्योति विकास बैंकले लाभांश नदिने

ज्योति विकास बैंकले लाभांश नदिने

दैनिकी न्यूज

४, पौष २०८०
ज्योति विकास बैंकले लाभांश नदिने
images

काठमाडौं । ज्योति विकास बैंकले आव २०७९–८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस ४ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९–०८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८०–३–३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १०:३०:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology