ललितपुर । ललितपुरको नख्खुदोबाटोबाट लागु औषध सहित पाँच जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
प्रहरीले ललितपुर–४ नख्खुदोबाटोमा लागु औषध खरीद बिक्रि भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटी गई रितपूर्वक खानतलासी गर्दा लागु औषध कारोवारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप, मन्थली–१३ घर भई हाल जिल्ला ललितपु–१३ कुशुन्ती बस्ने बर्ष २८ को प्रभाकर आले मगर, मकवानपुर, सिस्नेरी घर भई हाल जिल्ला ललितपुर भैँसेपाटी नख्खुडोल बस्ने बर्ष–२९ को सुरेन्द्र तामाङ, ललितपुर–४ नख्खुदोबाटोकी बर्ष २९ की रश्मी आले मगर, सुनसरी, चक्रघटी घर भई हाल ललितपुर–३ धोबिघाट बस्ने बर्ष २७ को अतित तामाङ र मकवानपुर थाहा–६ घर भई हाल जिल्ला ललितपुर लललितपुर महानगरपालिका वडा नं. ३ झम्सीखेल बस्ने बर्ष २७ को विवेक सुवेदी रहेको छन् ।

लागु औषधसहित नियन्त्रणमा लिईका पाँच जनालाई ललितपुर जिल्ला अदालतबाट दिन सातको म्यादथप गरी बिस्तृत अनुसन्धान भईरहेको जिल्ला प्र्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट Noophin एम्पल थान-२१ (एक्काईस), Diazepam एम्पल थान-२१(एक्काईस), Promethazine Hydrochloride Injection IP एिपल थान-२१ (एक्काईस), नगद रू ११ (एघार हजार), सामसुङ मोबाईल, रेडमी मोबाईल, आईटेल मोबाईल र भिगोटेल मोबाईलसमेत थान- ४ (चार) बरामद समेत गरेको छ ।