Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल टेलिकमको लाभांश घोषणा

नेपाल टेलिकमको लाभांश घोषणा

दैनिकी न्यूज

६, पौष २०८०
नेपाल टेलिकमको लाभांश घोषणा
images

काठमाडौं ।नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९–०८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत बिहीबार बसेको बैठकले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। कम्पनीले सेयरधनीलाई प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् ।

साथै कम्पनीले मन्त्रालयबात स्वीकृति भएपछि आयोजित १६ औं वार्षिक साधारणसभापछि सेयरधनीलाई वितरण गर्ने छ । 

कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा भने २० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित २० प्रतिशत नगद लाभांश समेत गरेर ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

images
प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - १०:२७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology