बारा । “ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान” भन्ने राष्ट्रिय मूल नाराका साथ जेष्ठ नागरिक दिवसको अवसर पारेर बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ का श्री भगवती आधारभुत विद्यालयले वडाको सबै भन्द बढी उमेरका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
तेस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवसको दिन बिहीबार ९३ बर्षिय नर बहादुर थिङलाई दोसल्ला ओढाएर सम्मान पत्र र नगद १ हजार ५०५ रुपैयाँ नगदसहित सम्मान गरिएको हो । सम्मान गर्दै विद्यालयको प्राधानाध्यापक उदयराज अधिकारीले जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको बताए । उहाँहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने पनि प्राधानाध्यापक अधिकारीले बताए ।
अधिकारीले जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिदै एक दिन मात्रै नभएर जेष्ठ नागरिकलाई सधैं सम्मान गर्नुपर्नेमा जोड दिए ।
आफूले अरुको सम्मान गर्न सकेमा त्यही संस्कार आफूमा लागू हुने भन्दै जेष्ठ नागरिकलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्ने बताए ।
बालालिकालाई पनि जेष्ठ नागरिकलाई सम्मान, माया र आदर गर्नु पर्छ भन्नी शिक्षा दिने प्रयासको शिक्षा दिने संदेशको जाने भन्दै सम्मान गरेको बताए ।
मुलुकमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दिनको अवसरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।