Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल पुलिस क्लबलाई नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि

नेपाल पुलिस क्लबलाई नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि

दैनिकी न्यूज

१५, पौष २०८०
नेपाल पुलिस क्लबलाई नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि
images

काठमाडौं । पर्सा क्रिकेट संघको आयोजनामा वीरगंजमा संचालित नेपाल प्रो क्लब च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ ।

वीरगंजस्थित नारायणी रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सा-११ लाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधिसँगै ५ लाख रूपैयाँ नगद
पुरस्कार प्राप्त गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । पुलिसका लागि करण केसीले अवजित ४० रनको योगदान गरे । उनले केवल १७ बलमा पाँच छक्का प्रहार गरेका थिए । यसैगरी अर्जुन साउदले २६ रन, शंकर राणाले १९ रन, ओपनर दिलीप नाथले १७ रन, कप्तान आरिफ शेखले १६ रन, अमित
श्रेष्ठले ७ रन, रशिद खानले ७ रन, सुनिल धमलाले २ रन, शेर मल्लले १ रन र सागर ढकालले १ रनको योगदान दिएका थिए ।

१ सय ४६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पर्सा-११ ले ११ ओभरमा अलआउट हुँदै केवल ४५ रन मात्रै बनाएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबका बलर सागर ढकाल एक्लैले चार विकेट लिए । यसैगरी ललित राजवंशी र रासिद खानले दुई/दुई विकेट लिए भने करण केसी र शेर मल्लले समान एक/एक विकेट लिए ।

फाइनल खेलमा नेपाल पुलिस क्लबका करण केसी म्यान अफ द म्याच घोषित भए ।

images
प्रकाशित मिति :पौष १५, २०८० आइतवार - १०:२९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology