Logo

बुधवार, श्रावण २७ गते २०८३

images

माइतीघरबाट सिके राउतसहित ५१ जना पक्राउ

माइतीघरबाट सिके राउतसहित ५१ जना पक्राउ

दैनिकी न्यूज

१६, पौष २०८०
माइतीघरबाट सिके राउतसहित ५१ जना पक्राउ
images

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको माइतीघर मण्डलबाट अध्यक्ष राउतसँगै ५१ जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो। उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ।

ck.jpg

अध्यक्ष राउतसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डलमा पुगेका थिए।

अध्यक्ष राउत लगायतले निषेधित क्षेत्रमा कार्यक्रम गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ck raut.jpg

‘निषेधित क्षेत्रमा धोती दिवस मनाउने भन्दै प्रदर्शन गरेपछि उहाँहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीसँगै अनिता साह, अब्दुल खान, दीपक साहलाई पनि नियन्त्रणमा लिइएको छ ।

images
प्रकाशित मिति :पौष १६, २०८० सोमवार - ११:१९:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology