काठमाडौं । एभरेस्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। आर्थिक वर्ष २०७९–०८० का लागि बैंकले दिएको १० प्रतिशत बोनस सेयर आज (सोमबार) नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
यसअनुसार अब कम्पनीको थप एक करोड ६ लाख ९८ हजार ९४ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ।
अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । कम्पनीले असोज ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रुपेयाँ रुपैयाँ पुगेको छ।