Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नक्कली भूटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीको ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश

नक्कली भूटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीको ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश

दैनिकी न्यूज

१७, पौष २०८०
नक्कली भूटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीको ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश
images

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजहरुलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च अदालत पाटनबाट झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

थुनामै राखेर मुद्दाको प्रक्रियाअघि बढाउन माग गर्दै उच्च अदालत पाटनको आदेशविरुद्ध रायमाझी र पाण्डेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदाललते कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।

उक्त प्रकरणमा पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई जिल्ला अदालत काठमाडौँले थुनामा राख्न आदेश गरेको थियो । जिल्ला अदालतको सोही आदेशलाई उच्च अदालत पाटनले सदर गरेको थियो ।

images
प्रकाशित मिति :पौष १७, २०८० मंगलवार - ०७:३२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology