Logo

बुधवार, श्रावण २७ गते २०८३

images

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

दैनिकी न्यूज

१७, पौष २०८०
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना
images

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन्।

सो पार्टीका प्रचार विभाग प्रमुख हुकुम बहादुर सिंहले दम बढेपछि अस्पताल भर्ना गरिएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताए ।

वैद्य नेतृत्वको पार्टीले पछिल्लो समय देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जाने भन्दै संघर्षका कार्यक्रम गर्दै आएको छ ।

उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। अझै केही दिन वैद्यलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्।

images
प्रकाशित मिति :पौष १७, २०८० मंगलवार - ०७:४८:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology