Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सिटिजन लाइफको लाभांस घोषणा

सिटिजन लाइफको लाभांस घोषणा

दैनिकी न्यूज

१७, पौष २०८०
सिटिजन लाइफको लाभांस घोषणा
images

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९–०८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कुल ५.२६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत भदौ १५ गते सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । 

images
प्रकाशित मिति :पौष १७, २०८० मंगलवार - ०८:४६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology