Logo

बुधवार, श्रावण २७ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

दैनिकी न्यूज

१७, पौष २०८०
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
images

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ गरेको छ ।

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका–९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ घर भएका ४४ वर्षीय दुर्गा लाल तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–१७ कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १७, २०८० मंगलवार - ११:५२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology