Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेपालमा मासु तथा अन्डा खपत न्यून

नेपालमा मासु तथा अन्डा खपत न्यून

दैनिकी न्यूज

१८, पौष २०८०
नेपालमा मासु तथा अन्डा खपत न्यून
images

काठमाडौं ।  ‘कुखुराको अन्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ मूल नाराका साथ मङ्गलबार ११ औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका बेला किसान तथा उद्योगीले उत्पादन गरेका अन्डा र कुखुराको मासुको बिक्रि नभएको भन्दै चिन्ता जनाएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक एक अर्ब ६० करोड वटा अन्डा र दुई लाख ५० हजार मेट्रिक टन कुखुराको मासु उत्पादन हुँदै आएको छ तर त्यस अनुसार खपत नभएको गुनासो पोल्ट्री उद्योगीको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार विकसित देशको तुलनामा नेपालमा अन्डा र मासुको खपत निकै कम रहेको जनाएको छ ।

दक्षिण एसियाका केही देशले सरदर एक जनाले वार्षिक १८० वटा अन्डा उपभोग गर्छन् तर नेपालमा एक व्यक्ति वार्षिक ६१ वटामा मात्र सीमित रहेका छन् । बङ्गलादेशमा एक जनाले वार्षिक ८० वटा, भारतमा ७९ र पाकिस्तानमा ७२ वटा अन्डा खपत गर्ने गरेका छन् । त्यस्तै अन्य विकसित देशमा त वार्षिक एक जना व्यक्तिले चार सयभन्दा बढी अन्डा खपत गरेको तथ्याङ्कमा देखिएको छ ।

चीनमा ४३३, जापानमा ३९७, अमेरिकामा ३२२ वटा अन्डा खपत गर्ने गरेको छ जसको तुलनामा नेपाल निकै पछाडि रहेको छ ।कुखुराको मासु नेपालमा प्रतिव्यक्ति वार्षिक ७.५७ किलो मात्र खपत हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ जबकि विकसित देशमा वार्षिक सरदर प्रतिव्यक्ति ७४।७ किलोसम्म खपत हुने गरेको छ । इजरायल जस्तो देशमा प्रतिव्यक्ति ६८.९ किलो मासु खपत गर्ने गरेको छ भने अमेरिकामा एक जना व्यक्तिले ५८.७ किलो मासु खपत गर्ने गरेको छ ।

पोल्ट्रीले देशको कुल गार्हस्थ उत्पादनको ३.५ प्रतिशत योगदान दिएको छ । कृषि मन्त्रालयका अनुसार पाँच लाख जनाले यो क्षेत्रमा रोजगारी पाएका छन् भने यो क्षेत्रमा एक खर्ब ६० अर्ब लगानी भएको देखिन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :पौष १८, २०८० बुधवार - ०७:०६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology