Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ललितपुरको ग्वार्कोमा चोरी घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

ललितपुरको ग्वार्कोमा चोरी घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

दैनिकी न्यूज

१८, पौष २०८०
ललितपुरको ग्वार्कोमा चोरी घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
images

ललितपुर । ललितपुर जिल्लाको ललितपुर–१७ ग्वार्कोमा चोरी घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक घर भई ललितपुर, ललितपुर महानगरपालिका १७ ग्वार्को डेरा गरी बस्ने २७ वर्षीया सुमित्रा तामाङको कोठाबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुर ठिमि नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ४२ वर्षीय भुवन श्रेष्ठ र चितवन घर भई काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सुनचाँदी पसल गरी बस्ने ५६ वर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् ।

सुमित्राको कोठाबाट गत मंसिर १८ गते नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र समेत चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं बाफलबाट चोरी भएका विभिन्न सामानहरूसहित पक्राउ गरेको हो । उनीहरूको साथबाट चोरीमा प्रयोग भएको बा ९६ प ५५४४ नम्बरको स्कुटर १ थान, झोला १ थान, स्वरुप परिवर्तन गरीएको सुन ७५ लाल, बुद्धचित्त जस्तो देखिने गोलो दाना १४ थान लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :पौष १८, २०८० बुधवार - ०७:१५:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology