Logo

बुधवार, श्रावण २७ गते २०८३

images

मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त पक्राउ

मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त पक्राउ

दैनिकी न्यूज

१८, पौष २०८०
मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त पक्राउ
images

काठमाडौं । मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका अभियुक्त नुवाकोट बेलकोटगढी नागरपालिका वडा नं. १३ ठेगाना भएका ४३ वर्षीय हरी नेपाली भन्ने हरी दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितलाई भारत कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने भन्ने प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ता पुर्‍याई पीडितलाई झुक्याई अस्पताल लगि बेहोस पारी मानव अंग मृगौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेको घटनामा संलग्न रही फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :पौष १८, २०८० बुधवार - १५:१७:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology