Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा भक्तपुरबाट पक्राउ

काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा भक्तपुरबाट पक्राउ

दैनिकी न्यूज

१९, पौष २०८०
काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा भक्तपुरबाट पक्राउ
images

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ परेका छन् । बुधबार म्याद थपका लागि अदालत लग्दा सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खड्कालाई भक्तपुरबाट पक्राउ गरिएको जानकारी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले दिए । खड्कालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले अदालतमा उपस्थित गराएको थियो ।

प्रहरीका अनुसार खड्काको डेरा भक्तपुरमा थियो । उनी डेरामा लुकेको खबर पाएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले खड्काले लिएर गएको हतकडीसमेत बरामद गरेको छ ।

खड्का डलर साट्ने बहानामा लुटपाट गरेको आरोपित हुन्।

images
प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - १०:३०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology