काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । आज (बिहीबार) बिहान १०ः१७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।
यसअघि गत आइतबार राति १० बजेर २१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो । सिन्धुपाल्चोक आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो