Logo

बुधवार, श्रावण २७ गते २०८३

images

गृह मन्त्रालयद्वारा बरहथवा घटना छानबिन गर्न समिति गठन

गृह मन्त्रालयद्वारा बरहथवा घटना छानबिन गर्न समिति गठन

दैनिकी न्यूज

२१, पौष २०८०
गृह मन्त्रालयद्वारा बरहथवा घटना छानबिन गर्न समिति गठन
images

काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मानवीय क्षति भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शनिबार तीन सदस्यीय समिति गठन भएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

समितिमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेका छन् ।

सरकारले मृतकका परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय गरेकोसमेत मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :पौष २१, २०८० शनिवार - १९:२३:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology