Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजार दोहोरो अङ्कले घट्यो

शेयर बजार दोहोरो अङ्कले घट्यो

दैनिकी न्यूज

२२, पौष २०८०
शेयर बजार दोहोरो अङ्कले घट्यो
images

काठमाडौं । शेयर बजार हप्ताको पहिलो दिन आइतबार दोहोरो अङ्कले गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से २६.३६ अङ्कले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये ३०४ वटा कम्पनीका १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज हाइड्रोपावर बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज तेह्रथुम पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै चार वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

यो दिन पनि सबैभन्दा बढी कारोबार सोनापुर आयल एन्ड मिनरल्सको भएको छ । कम्पनीको २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा हाथवे इन्भेष्टमेन्ट नेपालको १९ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, माउन्टेन इनर्जि लिमिटेडको १५ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

images
प्रकाशित मिति :पौष २२, २०८० आइतवार - १५:१९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology