Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्रियसभा निर्वाचन : आज उमेदवारी मनोनयन

राष्ट्रियसभा निर्वाचन : आज उमेदवारी मनोनयन

दैनिकी न्यूज

२३, पौष २०८०
राष्ट्रियसभा निर्वाचन : आज उमेदवारी मनोनयन
images

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमबमोजिम सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको राजधानीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै तयारी पूरा भएको र निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयभित्र मनोनयन दर्ता हुने जानकारी दिए । उनले मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको, उम्मेदवारको योग्यता र अयोग्यताका विषयमा स्पष्ट निर्देशन दिइसकेको तथा कालोसूचीका व्यक्तिको नामावली निर्वाचन अधिकृतको कार्यालयमा पठाएको बताए ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले प्रदेशमा रिक्त हुन लागेको समूहबाट नै मनोनयन दर्ता हुनुपर्ने बताए । उनका अनुसार कोशी प्रदेशमा एकरएक जना महिला र पुरुष समूहतर्फ रिक्त हुन लागेकोमा उम्मेदवारी दिँदा राजनीतिक दलले सोही समूहबाट उम्मेदवारी दिनुपर्ने छ ।

प्रदेशगत आधारमा कोशी, मधेश र लुम्बिनीबाट दुईरदुई जना, बागमतीबाट चार तथा गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट तीन/तीन सदस्यको निर्वाचन हुने छन् । समावेशी समूह अन्तर्गत अन्य र महिला समूहबाट सात/सात, दलितबाट दुई तथा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट तीन सदस्य निर्वाचित हुने छन् ।

राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्यका लागि माघ ११ गते मतदान हुने छ । त्यसअघि पुस २३ गते सोमबार उम्मेदवारी दर्ता हुने, मङ्गलबार उम्मेदवारको विरोधमा उजुरी दिने, बुधबार र बिहीबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

images
प्रकाशित मिति :पौष २३, २०८० सोमवार - ०७:११:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology