Logo

बुधवार, श्रावण २७ गते २०८३

images

धमाधम पक्राउ गर्दै छ मलेसियाले गैरकानुनी कामदार

धमाधम पक्राउ गर्दै छ मलेसियाले गैरकानुनी कामदार

दैनिकी न्यूज

२३, पौष २०८०
धमाधम पक्राउ गर्दै छ मलेसियाले गैरकानुनी कामदार
images

काठमाडौं । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान केबुनमा रहेको रिसाइकल कारखानामा छापा मारेर चार महिलासहित सय विदेशीलाई पक्राउ गरेको हो ।

बुकित अमान सीआईडी एन्टी ट्राफिकिङ इन पर्सन एन्ड स्मगलिङ अफ माइग्रेट्स (एटिप्सम) डी ३ का प्रमुख सहायक निर्देशक सोफियान सान्टोङले सेलान्गोर श्रम विभाग र वातावरण विभागसँगको सहकार्यमा उनको युनिटले गरेको छापामारीमा ६० वर्षीय वृद्ध पनि भेटिएको बताए ।

‘इलेक्ट्रोनिक पार्टपुर्जाजस्ता वस्तु प्रशोधन गर्ने कारखाना सञ्चालनका लागि चिनियाँ नागरिकलाई भाडामा दिइने जग्गाको मालिक स्थानीय व्यक्ति भएको जनाएको छ, अन्य १८ देखि ३९ वर्षका थुनुवामा १९ चिनियाँ, म्यानमारका १०, बंगलादेशी ६१, नेपाली दुई र कम्बोडियाली आठ जना रहेका छन्,’ सहायक निर्देशक सान्टोङले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सोफियनका अनुसार प्रहरीले शोषणको सिकार भएको आशंकामा म्यानमारका १६ वर्षीय कामदारलाई पनि उद्धार गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा कारखानासँग व्यापार अनुमतिपत्र नभएको र करिब डेढ वर्षदेखि सञ्चालनमा रहेको पाइएको थियो ।

प्रहरीले एटिप्सम ऐन २००७ को धारा १४ र अध्यागमन ऐन १९५९÷६३ को धारा ५५ बी, दफा ६ (१) (सी), धारा ३९ बी र सोही ऐनको दफा १५ (१) (सी) अन्तर्गत अनुसन्धान गर्नेछ । मलेसियाले गत डिसेम्बरमा एकैदिन नेपालीसहित १ हजार १ सय कामदार पक्राउ परेका छन् । त्यहाँको जालान सिलाङ र कोटा रायका क्षेत्रमा गरिएको व्यापक कारबाहीमा १ हजार १ सय १ गैरकानुनी विदेशीलाई पक्राउ गरेको थियो ।

गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो) ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिनेछ ।

यो खबर आजको राजधानी दैनिकमा योगेन्द्र योगीले लेखेका छन् ।

images
प्रकाशित मिति :पौष २३, २०८० सोमवार - ०७:१९:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology